प्रदर्शन भयो विशेष स्वागत कार्यक्रमको भिडियो, गगन कै भाषणले तान्यो ध्यान
एन बी सफल
२०७० श्रावण १०
नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस इकाईले गत बैशाख ३ गते सम्पन्न गरेको विशेष स्वागत कार्यक्रमको भिडियो बुधबार विशेष प्रदर्शन गरिएको छ । संस्थानको सेमीनार हलमा प्रदर्शन गरिएको भिडियो हेर्न विद्यार्थी र कर्मचारीहरु उपस्थित थिए । भिडियो प्रदर्शन भइरहँदा कार्यक्रमका प्रमुख अतिथि गगन थापाको भाषणले फेरी एकपटक सबैको ध्यान खिच्यो ।
कस्तो थियो गगनको मन्तव्य ?
हुन त गगन थापाको भाषण भनेपछि युवादेखी पाकासम्म सबैको मन तानिन्छ । वन विज्ञान अध्ययन संस्थानको कार्यक्रममा रहँदा पनि कार्यक्रमस्थल भरिभराउ हुनु स्वभाविक नै हो । भरिभराउ हलमा उनले अन्य समयमा गरिने भाषणभन्दा अलि पृथक भाषण गरे । करिब १ घण्टा मन्तव्य राखेका युवा नेता गगन थापाले भाषणको अधिकांश समय प्राकृतिक स्रोत साधन र वन विज्ञानकै विषयमा केन्द्रीत रहेर बोले । कार्यक्रममा उनले बिगठीत संविधानसभामा प्राकृतिक स्रोत साधन उपसमितिको सदस्य रहँदा आफुले वन क्षेत्रको लागि गरेको प्रयासबारे चर्चा गरेका थिए ।

![]() |
बैशाख ३ गते कार्यक्रममा मन्तव्य राख्ने क्रममा युवा नेता थापा । |
![]() |
बुधबार भिडियो प्रदर्शन गरिँदै । |
कार्यक्रममा थापाले मन्तव्य राखिरहँदा खचाखच हल मन्त्रमुग्धसँग उनकै भाषणमा केन्द्रित थियो । मन्तव्यका क्रममा उनले वन विज्ञानलाई डीन युनीभर्सीटीको अवधारणामा लैजानुपर्ने भन्दै अध्ययन संस्थान परिवारलाई त्यसतर्फ लाग्न आग्रह पनि गरे ।
यस्तो छ भिडियो
चार घण्टा १५ मिनेट लामो भिडियोमा औपचारिक, अनौपचारिक कार्यक्रम र रात्री डान्स पार्टीको भिडियो समावेश छ । नेपाली काँग्रेसका नेताहरु विपी, सुवर्णसम्शेर, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादप्रति सम्मान व्यक्त गर्दै सुरु हुने भिडियोमा साँस्कृतिक कार्यक्रम र मन्तव्यहरुको राम्रो संयोजन छ । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नेहरु र ने.वि.संघमा आबद्ध विद्यार्थीहरुलाई धन्यवाद दिँदै भिडियोको समापन गरिएको छ । भिडियोको छाँयाकन र सम्पादन प्रदीप नापीतले गरेका हुन् । भिडियो हेर्नेहरुबाट भिडियो राम्रो बनेको प्रतिकृया आएको छ ।
हेर्नुहोस गगन थापाको मन्तव्य (भिडियो)
Gagan Thapa in IOF, Pokhara - 2070 Baishakh 03 - Welcome Program

No comments:
Post a Comment