Tuesday, July 9, 2013

'बिम्ब' को १९ औँ अंक विमोचित




युवा समुदाय रचनात्मक शक्ती हुनुपर्छ : काँग्रेस नेतृ यादव

एन बी सफल
पोखरा, १२ असार

            नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान, पोखराले विगत २१ वर्षदेखी वार्षीक रुपमा प्रकाशन गर्दै आइरहेको मुखपत्र 'बिम्ब' को १९ औँ अंक आज एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ । नेपाली काँग्रेसकी केन्द्रीय कोषाध्यक्ष चित्रलेखा यादवको प्रमुख आतिथ्यता र काँग्रेस तथा ने.वि.संघका नेता कार्यकर्ताका साथै प्राध्यापक र विद्यार्थीहरुको उपस्थितिमा पुस्तकको विमोचन गरिएको हो ।

              कार्यक्रममा बोल्दै काँग्रेस नेतृ यादवले युवा समुदाय रचनात्मक शक्ती हुनुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थानद्वारा आयोजित वार्षीक मुखपत्र ‘बिम्ब’ को १९ औँ अंक विमोचन कार्यक्रम मा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । “युवा समुदाय रचनात्मक शक्ती हुनुपर्छ, यदी युवा समुदाय ध्वशांत्मक भयो भने त्यसले राष्ट्रलाई ठूलो घाटा पु¥याउँछ । यदी त्यही युवा रचनात्मक भयो भने त्यसले राष्ट्रलाई अग्रगति दिन सक्छ , समुन्नत राष्ट्रको परिकल्पना रचनात्मक युवाहरुबाट मात्रै गर्न सकिन्छ । ”–नेतृ यादवले भन्नुभयो । ने.वि.संघ, वन विज्ञान अध्ययन संस्थानले मानव जीवनका महत्वपूर्ण पाटाहरु, साहित्य, राजनीति र वातावरण संरक्षणका विषयलाई समेटेर निरन्तर रुपमा ‘बिम्ब’ प्रकाशन गर्दै आइरहेकोमा खुशी व्यक्त गर्दै उहाँले ‘बिम्ब’ प्रकाशन गर्ने कार्य कठिन भएता पनि इकाईको प्रतिवद्धताले त्यो संभव भएको पनि उल्लेख गर्नुभयो । कलमद्वारा गरिने संघर्ष शशक्त हुने विचार व्यक्त गर्दै यादवले बिम्ब प्रकाशन कार्य प्रशंशायोग्य रहेको र यस्ता रचनात्मक कार्यमा लाग्ने युवाहरुनै आफ्नो प्रेरणाको स्रोत रहेको समेत बताउनुभयो । साथै उहाँले युवाशक्ती शान्तिका बहाक हुन् भन्दै युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने काम युवापुस्ताको काँधमा रहेको पनि बताउनुभएको छ ।                

             कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले सानीध्यमा भीडको महत्व नहुने भन्दै थोरै विद्यार्थी अध्ययनरत वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुसँग ने.वि.संघलाई अभेद्य किल्ला बनाउने सामथ्र्य रहेको बताउनुभयो । कार्यक्रममा पुस्तकको समिक्षा राख्दै उप–प्राध्यापक सुमन भट्टराईले लेख/रचना र गतिविधिमा रहेको विविधतासँगै पुस्तकले धेरै पाठक समेट्न सक्ने भन्दै पुस्तक निकै पठनीय र उपयोगी रहेको बताउनुभयो । कार्यक्रममा गिताञ्जली साहित्य प्रतिष्ठानका अध्यक्ष सह–प्राध्यापक कृष्ण भण्डारी ‘मुमुक्षु’ ले शुभकामना कविता वाचन गर्नुभएको थियो भने पुस्तकका प्रधान सम्पादक नृपेश अवस्थीले पनि आफ्नो भनाई राख्नुभएको थियो । । इकाई सभापति नविन वि.क.को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन निवर्तमान इकाई उप–सभापति निरज बाबु भट्टले र स्वागत मन्तव्य कोषाध्यक्ष बिमला लम्सालले राख्नुभएको थियो । 
कार्यक्रममा अध्ययन संस्थानका सहायक डीनहरु जीवनाथ पाण्डे र यज्ञप्रसाद तिमील्सीना, क्याम्पस प्रमुख हरिप्रसाद त्रिपाठी, नेपाल तरुण दल कास्कीका अध्यक्ष ऋषीराम काफ्ले, ने.वि.संघका केन्द्रीय सदस्य गोविन्द लामिछाने, ने.वि.संघ कास्कीका सभापति देवकृष्ण पराजुली, नेपाली लेखक संघ कास्कीका अध्यक्ष सह–प्राध्यापक डा. लक्ष्मीशरण अधिकारी लगायतको पनि उपस्थिति रहेको थियो । साथै कार्यक्रममा प्राध्यापक, विद्यार्थी, काँग्रेस तथा ने.वि.संघका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो । कार्यक्रममा उपस्थितलाई बिम्ब पुस्तक वितरण समेत गरिएको थियो ।
            
   विगत २१ वर्षदेखी वार्षीक रुपमा प्रकाशन हुँदै आइरहेको बिम्बमा साहित्य, राजनीति र वातावरणका अलबा अन्य समयसापक्ष लेख/रचना का साथै सांगठनीक प्रतिवेदन र गतिविधीका तस्वीरहरु समेट्ने गरिएको गरिएको छ ।




Some Photos of Program:

 




No comments:

Post a Comment