ने.वि. संघ जिल्ला तथा क्याम्पस अधिवेशन र महाधिवेशनको कार्यतालिका सार्वजनिक
नेपाल विद्यार्थी संघ ले आफ्नो एघारौं महाधिवेशनका लागि जिल्ला तथा क्याम्पस अधिवेशन र महाधिवेशनको समेत कार्यतालिका सार्वजनिक गरेको छ। नेपाल विद्यार्थी संघको महाधिवेशन भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने गरी तोकिएको छ। लामो समयदेखि हुन नेविसंघको महाधिवेशनमा पेस गर्ने विधानको मस्यौदासमेत तयार पारिएको छ।
एघारौ महाधिवेशनका लागि तयार पारिएको कार्यतालिकामा भदौ १४ गतेसम्म सबै जिल्ला अधिवेशन सक्नुपर्ने र भदौ १७ गतेसम्म काठमाडौंका क्याम्पसहरूको अधिवेशन सक्ने उल्लेख छ। यसैगरी महाधिवेशनको उद्घाटन भदौ २९ गते काठमाडौंमा गर्ने, भदौ ३० गते बन्दसत्र गर्ने र भदौ ३१ गते महाधिवेशन अन्तरगत नयाा नेतृत्व चयनका लागि मतदान गर्ने बताइएको छ।
कार्यतालिका अनुसार साउन ७ गतेसम्म केन्द्रीय प्रतिनिधिहरूले खटाइएको जिल्ला वा क्याम्पसमा पुगी सक्नुपर्नेछ। भदौ १२ गतेसम्म जिल्ला अधिवेशनको नामावली प्रकाशन गरिसक्नुपर्ने गरी नेपाल विद्यार्थी संघले कार्यतालिका सार्वजनिक गरेको छ। यसैगरी भदौ १४ गतेसम्म जिल्ला अधिवेशन सक्नुपर्नेछ। त्यस्तै काठमाडौं उपत्यकामा क्याम्पस अधिवेशन भदौ १७ गतेसम्म सक्नुपर्नेछ। भदौ १७ गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्नेछ। भदौ २० गतेसम्म ११औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गर्ने र भदौ २३ गते ५ बजेसम्म नामावली माथि उजुरी दाबी विरोधी गर्ने समय तोकेको छ। त्यसैगरी साउन ३० गते विदेशस्थित नेविसंघ जनसम्पर्क समितिहरूको अधिवेशन सक्नुपर्नेछ।
नेविसंघको विधि, विधान, नियमावली र केन्द्रीय निर्देशन बाहिर गएर कार्य गरे केन्द्रीय प्रतिनिधिले गरेको कार्य वा निर्णय स्वतः बदर हुने जनाइएको छ। यस्तो कार्य गर्ने केन्द्रीय प्रतिनिधिलाई केन्द्रीय सदस्यबाट ६ महिना निलम्बन गरी महाधिवेशनमा सहभागी नगराइने पनि स्पष्ट व्यवस्था गरिएको छ। त्यस्तै जिल्ला र क्याम्पस अधिवेशन उद्घाटनको दुई दिन अगाडि नै मतदाता नामावली केन्द्रीय प्रतिनिधिले अनिवार्य रूपमा प्राप्त गरिसक्नुपर्ने र प्राप्त नामावली निर्वाचन समितिलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समय सीमाभित्र अधिवेशन सम्पन्न नगर्ने क्याम्पस क्षेत्र तथा जिल्ला समितिहरूको हकमा केन्द्रीय प्रतिनिधिले यथार्थ कारणसहितको प्रतिवेदन केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ।
यसैगरी विवादका कारण एकभन्दा बढी समितिहरू विद्यमान रहेको र केन्द्रीय प्रतिनिधिले निर्णय गरी नसकेको जिल्लाक्याम्पसहरूको हकमा समिति समायोजन गर्न प्रयास गर्ने र सो सम्भव नभएमा केन्द्रीय प्रतिनिधिकै संयोजनमा अधिवेशन सम्पन्न गराउनुपर्ने नेविसंघको अबिधेशन निर्देशिकामा उल्लेख छ।
विद्यालयस्तरमा समेत संगठन विस्तारको प्रस्ताव गरिएको छ। नेविसंघले सुरुमा माध्यमिक विद्यालयमा संगठन विस्तार गर्ने कार्यक्रमलाई रोकेको थियो। संशोधित विधानमा प्राविधिक शिक्षातर्फ सीटीईभीटीअन्तर्गतका प्राविधिक शिक्षालयहरूमा समेत संगठन विस्तार गर्ने गरी विधानको संरचना निर्माण गरिएको छ। यसैगरी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नयाा प्रणालीबाट हुने भएपछि क्याम्पस स्तरका संगठनको स्वरूपमा समेत परिवर्तनको प्रस्ताव गरिएको छ।
विद्यालयस्तरमा समेत संगठन विस्तारको प्रस्ताव गरिएको छ। नेविसंघले सुरुमा माध्यमिक विद्यालयमा संगठन विस्तार गर्ने कार्यक्रमलाई रोकेको थियो। संशोधित विधानमा प्राविधिक शिक्षातर्फ सीटीईभीटीअन्तर्गतका प्राविधिक शिक्षालयहरूमा समेत संगठन विस्तार गर्ने गरी विधानको संरचना निर्माण गरिएको छ। यसैगरी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नयाा प्रणालीबाट हुने भएपछि क्याम्पस स्तरका संगठनको स्वरूपमा समेत परिवर्तनको प्रस्ताव गरिएको छ।
No comments:
Post a Comment