ने.वि.संघ को आयोजनामा ११ दिने IEE/EIA Report Writing
Training सुरु
Training सुरु
एन बी सफल
४ चैत्र ०६९
पोखरा
.....................
ने.वि.संघ, वन विज्ञान अध्ययन संस्थान, पोखराको आयोजनामा ११ दिने IEE/EIA Report Writing Training सुरु भएको छ । चैत्र १ गतेदेखी सुरु तालिम ११ गते सम्म जारी रहने छ । तालिमको औपचारीक उदघाटन गर्दै प्रजातान्त्रिक प्राध्यापक संघ, व.वि.अ.सं, पोखराका सचिव उप–प्राध्यापक राजन सुवेदीले तालिम विद्यार्थीहरुका लागि निकै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उप–प्राध्यापक विष्णु देवकोटाले ने.वि.संघ सिर्जनशील गतिविधिमा क्रियाशील रहेकोमा खुशी व्यक्त गर्दै यस्तै रचनात्मकताले ने.वि.संघ लाई अन्य विद्यार्थी संगठन भन्दा भिन्न बनाएको बताउनुभयो । तालिमको उद्घाटन अतिथि, प्रशिक्षक र सहभागीहरुले हाते साङ्लो बनाई संयुक्त रुपमा गरेका थिए । तालिमको उदघाटन सत्रमा बोल्दै ने.वि.संघ निवर्तमान इकाई उपसभापति निरज बाबु भट्टले आफ्नो संगठन विद्यार्थी हरुको सिप विकासको अभियानमा सक्रिय रहेको बताउँदै वर्षैभरी यस प्रकारका गतिविधिलाई निरन्तरता दिने बताउनुभयो । तालिममा प्रशिक्षकहरु थिरप्रसाद कोइराला, देवराज घिमीरे र नविन वि.क.ले प्रशिक्षण दिनुहुनेछ । तालिम उदघाटन मा स्वागत मन्तव्य इकाई कोषाध्यक्ष विमला लम्सालले राख्नुभयो । तालिमका २५ जना प्रशिक्षार्थी रहेको र आगामी दिनमा पनि यस्तै तालिम आयोजना गर्ने योजना रहको तालिम संयोजक सुमन आचार्यले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment