Monday, March 11, 2013


पद त्यागे मात्र प्रधान न्यायधिशको नेतृत्वमा सरकार : ने.वि.संघ अध्यक्ष कर्ण 

एन. बी. सफल 
२५ फाल्गुण २०६९ 
पोखरा 
कार्यक्रम लाई संबोधन गर्दै अध्यक्ष कर्ण 
                  नेपाल विद्यार्थी संघ का केन्द्रीय अध्यक्ष रञ्जित कर्णले प्रधान न्यायधिशले पद त्याग गरे मात्र उनको नेतृत्वमा गठन हुने सरकार स्वीकार्य हुने वताउनु भएको छ । नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान, केन्दीय क्याम्पस पोखराको बिहिबार सम्पन्न २७ औं इकाई अधिवेशनबाट नव निर्वाचित कार्य समिति लाई पद स्थापना गराउन आयोजित कार्यक्रममा उहाँले उक्त कुरा वताउनु भएको हो । ‘‘प्रधान न्यायधिशले पद छाडे मात्र उहाँलाई प्रधान मन्त्रिको रुपमा स्विकार्न सकिन्छ, ने.वि. संघको धारणा यही हो । यसका बारेमा हामीले पार्टी सभापतिलाई जानाकारी समेत गराई सकेका छौ । ’’ — कर्णले भन्नु भयो ।
                                       ने.वि.संघ, व.वि.अ.सं का इकाई सभापति नविन विश्वकर्माकोे सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि श्री कर्णले नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई टिका लगाई पदस्थापना गराउँदै ने.वि.संघले गुणस्तरिय र वैज्ञानिक शिक्षाको लागी नेतृत्व प्रदान गर्दै आएको कुरामा जोड दिनुभयो । साथै राजनैतिक नेतृत्वलाई सुधार गर्नु विद्यार्थी संघको प्रमुख कर्तव्य भएको कुरा पनि उल्लेख गर्नु भयो । स्व.वि. यु निर्वाचन आगामी बैशाख दोस्रो साता भित्र हुने तयारी भई रहेको खुलासा गर्दै चुनावको तयारी शुरु गर्न ईकाई लाई निर्देशन दिनु भयो । निवर्तमान इकाई समितिलाई धन्यवाद दिने क्रममा उहाँले व.वि.अ.सं.को ने.वि.संघ ईकाईको प्रशंसा गदै भन्नु भयो — ‘‘यो ईकाई आफैँमा एक नमुना ईकाई हो, म यस इकाईको गतिविधिलाई अन्य क्याम्पसमा पनि अनुकरण गराउन तर्फ लाग्नेछुु । ’’ 
                                  व.वि.अ.सं.को ने.वि.संघ ईकाइ सदस्य श्री विमल बुढाले संचालन गर्नु भएको कार्यक्रममा निवर्तमान ईकाइ उपसभापति निरज बाबु भट्टले ईकाइका बार्षिक गतिविधिहरुको भिडियो डकुमेन्ट्रि प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा ने. वि. संघ केन्द्रिय सदस्य क्षितिज भण्डारी, सरोज के.सी. निवर्तमान इकाई सभापति कृष्ण प्रसाद भट्ट लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । बाग्लुङ्ग, म्याग्दी, स्याङ्गजा र कास्कीका ने.वि.संघका नेताहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा स्वागत मन्तव्य ईकाइ कोषाध्यक्ष विमला लम्सालले राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कर्ण लगायत का अतिथिहरुले क्याम्पस प्राङ्गणमा रहेको वि.पि स्मृति बाटिकाको अवलोकन समेत गर्नु भएको थियो ।

No comments:

Post a Comment