Monday, March 18, 2013

IEE/EIA Report Writing Training सुरु

ने.वि.संघ को आयोजनामा ११ दिने IEE/EIA Report Writing 
Training सुरु

एन बी सफल
४ चैत्र ०६९
पोखरा
 
.....................
ने.वि.संघ, वन विज्ञान अध्ययन संस्थान, पोखराको आयोजनामा ११ दिने IEE/EIA Report Writing Training सुरु भएको छ । चैत्र १ गतेदेखी सुरु तालिम ११ गते सम्म जारी रहने छ । तालिमको औपचारीक उदघाटन गर्दै प्रजातान्त्रिक प्राध्यापक संघ, व.वि.अ.सं, पोखराका सचिव उप–प्राध्यापक राजन सुवेदीले तालिम विद्यार्थीहरुका लागि निकै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उप–प्राध्यापक विष्णु देवकोटाले ने.वि.संघ सिर्जनशील गतिविधिमा क्रियाशील रहेकोमा खुशी व्यक्त गर्दै यस्तै रचनात्मकताले ने.वि.संघ लाई अन्य विद्यार्थी संगठन भन्दा भिन्न बनाएको बताउनुभयो । तालिमको उद्घाटन अतिथि, प्रशिक्षक र सहभागीहरुले हाते साङ्लो बनाई संयुक्त रुपमा गरेका थिए ।  तालिमको उदघाटन सत्रमा बोल्दै ने.वि.संघ निवर्तमान इकाई उपसभापति निरज बाबु भट्टले आफ्नो संगठन विद्यार्थी हरुको सिप विकासको अभियानमा सक्रिय रहेको बताउँदै वर्षैभरी यस प्रकारका गतिविधिलाई निरन्तरता दिने बताउनुभयो । तालिममा प्रशिक्षकहरु थिरप्रसाद कोइराला, देवराज घिमीरे र नविन वि.क.ले प्रशिक्षण दिनुहुनेछ । तालिम उदघाटन मा स्वागत मन्तव्य इकाई कोषाध्यक्ष विमला लम्सालले राख्नुभयो । तालिमका २५ जना प्रशिक्षार्थी रहेको र आगामी दिनमा पनि यस्तै तालिम आयोजना गर्ने योजना रहको तालिम संयोजक सुमन आचार्यले जानकारी दिनुभएको छ ।




Tuesday, March 12, 2013

BIMBA 2070....Contact for Article and Advertisement.

लेखनमा रुचि भएकालाई खुशीको खबर!!!



नेपाल विद्यार्थी संघ, क्याम्पस इकाई, व.वि.अ.सं., पोखरा क्याम्पस, पोखराले नयाँ वर्ष २०७० को पावन  अवसरमा आफ्नो वार्षिक मुखपत्र 'बिम्ब' को १९ औं संस्करण प्रकाशन गर्न लागेको जानकारी गराउँदै सो का  लागि सान्दर्भिक लेख/रचना (साहित्यिक, राजनितिक, शैक्षिक, प्राविधिक, आदि) यहि मिति २०६९/१२/०७  गते भित्र उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध छ ।  साथै विज्ञापन दिएर सहयोग गर्न चाहनुहुनेहरुले पनि सम्पर्क राख्नुहुन अनुरोध छ ।



                                                   सम्पर्क:

लेख/रचना को लागि:                                                                         विज्ञापन को लागि:
       नृपेश अवस्थी                                                                                            धिरोज प्रसाद कोईराला
      प्रधान सम्पादक                                                                                       आर्थिक व्यवस्थापन प्रमुख
मोबाईल नं.: ९८४९०३१२५०                                                                               मोबाईल नं.: ९८४४१९७९६६ 



      बिम्ब प्रकाशन समिति २०६    
नेपाल विद्यार्थी संघ, क्याम्पस इकाई, व.वि.अ.सं., पोखरा

                                                       e-mail: nsuiof@gmail.com


Monday, March 11, 2013

तस्बिरहरु



















पद त्यागे मात्र प्रधान न्यायधिशको नेतृत्वमा सरकार : ने.वि.संघ अध्यक्ष कर्ण 

एन. बी. सफल 
२५ फाल्गुण २०६९ 
पोखरा 
कार्यक्रम लाई संबोधन गर्दै अध्यक्ष कर्ण 
                  नेपाल विद्यार्थी संघ का केन्द्रीय अध्यक्ष रञ्जित कर्णले प्रधान न्यायधिशले पद त्याग गरे मात्र उनको नेतृत्वमा गठन हुने सरकार स्वीकार्य हुने वताउनु भएको छ । नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान, केन्दीय क्याम्पस पोखराको बिहिबार सम्पन्न २७ औं इकाई अधिवेशनबाट नव निर्वाचित कार्य समिति लाई पद स्थापना गराउन आयोजित कार्यक्रममा उहाँले उक्त कुरा वताउनु भएको हो । ‘‘प्रधान न्यायधिशले पद छाडे मात्र उहाँलाई प्रधान मन्त्रिको रुपमा स्विकार्न सकिन्छ, ने.वि. संघको धारणा यही हो । यसका बारेमा हामीले पार्टी सभापतिलाई जानाकारी समेत गराई सकेका छौ । ’’ — कर्णले भन्नु भयो ।
                                       ने.वि.संघ, व.वि.अ.सं का इकाई सभापति नविन विश्वकर्माकोे सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि श्री कर्णले नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई टिका लगाई पदस्थापना गराउँदै ने.वि.संघले गुणस्तरिय र वैज्ञानिक शिक्षाको लागी नेतृत्व प्रदान गर्दै आएको कुरामा जोड दिनुभयो । साथै राजनैतिक नेतृत्वलाई सुधार गर्नु विद्यार्थी संघको प्रमुख कर्तव्य भएको कुरा पनि उल्लेख गर्नु भयो । स्व.वि. यु निर्वाचन आगामी बैशाख दोस्रो साता भित्र हुने तयारी भई रहेको खुलासा गर्दै चुनावको तयारी शुरु गर्न ईकाई लाई निर्देशन दिनु भयो । निवर्तमान इकाई समितिलाई धन्यवाद दिने क्रममा उहाँले व.वि.अ.सं.को ने.वि.संघ ईकाईको प्रशंसा गदै भन्नु भयो — ‘‘यो ईकाई आफैँमा एक नमुना ईकाई हो, म यस इकाईको गतिविधिलाई अन्य क्याम्पसमा पनि अनुकरण गराउन तर्फ लाग्नेछुु । ’’ 
                                  व.वि.अ.सं.को ने.वि.संघ ईकाइ सदस्य श्री विमल बुढाले संचालन गर्नु भएको कार्यक्रममा निवर्तमान ईकाइ उपसभापति निरज बाबु भट्टले ईकाइका बार्षिक गतिविधिहरुको भिडियो डकुमेन्ट्रि प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा ने. वि. संघ केन्द्रिय सदस्य क्षितिज भण्डारी, सरोज के.सी. निवर्तमान इकाई सभापति कृष्ण प्रसाद भट्ट लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । बाग्लुङ्ग, म्याग्दी, स्याङ्गजा र कास्कीका ने.वि.संघका नेताहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा स्वागत मन्तव्य ईकाइ कोषाध्यक्ष विमला लम्सालले राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कर्ण लगायत का अतिथिहरुले क्याम्पस प्राङ्गणमा रहेको वि.पि स्मृति बाटिकाको अवलोकन समेत गर्नु भएको थियो ।

वन विज्ञान अध्ययन संस्थान ने. वि. संघको अधिवेशन सम्पन्न

२४ फाल्गुण २०६९
एन बी सफल
पोखरा 
                   नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पोखराको २७ औं इकाई अधिवेशनले नविन विश्वकर्मालाई ईकाइ सभापति पदमा चयन गरेको छ । वन विज्ञान अध्ययन संस्थानको सभा कक्षामा नेपाली कांग्रेसका कास्की जिल्ला सचिव श्री कृष्ण के ।सीको प्रमुख अतिथ्यतामा आज सम्पन्न अधिवेशनले विश्वकर्माको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 
          नेपाल विद्यार्थी संघका निवर्तमान इकाई सभापति श्री कृष्ण प्रसाद भट्ट कोे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्री केसीं ले ने ।वि ।संघको परिचय लगनशिलता र अध्ययनशिल व्यवहारले चिनाउछ भन्दै २१ ओै सताव्दीको शिक्षामा राजनितिक विचारले सिंचित भएका योग्य ने.वि.संघले मात्र भावि नया नेपालको विकास गर्न सक्छ भन्नु भयो  ने .वि .संघ ईकाइ उप सभापति श्री निरज बाबु भट्ट ले संचालन गर्नु भएको कार्यक्रममा विशेष अतिथि नेपाल तरुण दल कास्कीका सभापति श्री ऋषी काफ्ले ले अधिवेशनको शुभकामना व्यक्त गर्दै वन विज्ञान अध्ययन संस्थान मा नेपाल विद्यार्थी संघले गरेको उदाहरणीय कार्यको प्रशंसा गर्नु भएको थियो । कार्यक्रम मा ने ।वि । संघ केन्द्रिय सदस्य गोविन्द लामिछाने, नेपाली कांग्रेस वडा नं । १५ का सभापति सुशिल पराजुली, त्रि ।वि । प्राध्यापक संघ सचिव राजन सुवेदी, प्राध्यापक श्री विष्णु प्रसाद देवकोटा, प्रजातान्त्रिक कर्मचारी संघका सचिव श्री सुर्य क्षेत्री, स्ववियु सदस्य कृपा पोखरेल, अनेरास्ववियु कोषाध्यक्ष प्रविण पौडेल, अनेरास्ववियु -क्रान्तिकारीका अध्यक्ष शिव अछामी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । निर्मला फुलाराले स्वागत मन्तव्य राख्नुभएको अधिवेशनमा सहसचिव दिनेश डाँगी ले ने .वि .संघ ईकाइको बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष अविनाश थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । इकाईले रु ३,०६,०००/–को आय व्यय प्रस्तुत गरिएको थियो । ईकाइले वर्षभरिमा वृक्षारोपण, रक्तदान कार्यक्रम, विम्व पुस्तिका प्रकाशन,गाईड लाईन प्रकाशन, स्वागत कार्यक्रम, हाजिर जवाफ प्रतियोगिता, अन्र्तक्रिया कार्यक्रम, सरसफाइ आदी कार्यक्रम संचालन गरेको थियो । 

कार्यक्रम मा उपस्थित अतिथिहरु 
          बिहिबार सम्पन्न अधिवेशनमा सरोज खड्का, हेमराज शाही र दिपीका पाण्डे सम्मीलीत निर्वाचन समितिले सर्वसम्मती रुपमा नयाँ कार्यसमिति चयन गरायो । अधिवेशनले सभापतिमा नविन विश्वकर्मा, उपसभापतिमा विशाल श्रेष्ठ र मिना जोशी, कोषाध्यक्षमा विमला लम्साल, सचिवमा महेश न्यौपाने, सहसचिवमा प्रशान्त श्रेष्ठ, सदस्यहरुमा दिपेन्द्र क्षेत्री, नेत्र महतरा, विशेष सुवेदी, पुरन देव मिश्र, राजिव भट्टराई, राजन कुँवर, संजय कँडेल, जिवन पौडेल, आशा भट्ट, दत्त बहादुर बस्नेत र प्रिन्स जैसवाल रहनु भएको छ ।