एन बी सफल
पोखरा / बैशाख ३०
ने.वि.संघ, व.वि.अ.सं, पोखराले आसन्न स्व.वि.यू निर्वाचनको तयारी सुरु गरेको छ । यही जेठ २३ गते हुने निर्वाचनको तयारीको क्रममा आज क्याम्पस हाताभित्र एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेपाल तरुण दल र ने.वि.संघका नेता कार्यकर्ताबीच उक्त अन्तक्र्रिया कार्यक्रम भएको हो । इकाई सभापति नविन वि.क.को सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्की काँग्रेसका सचिव युवराज कुँवरले इकाईलाई तत्काल निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै कास्की काँग्रेस हर प्रकारका सहयोगको लागि तयार भएको बताउनुभयो । साथै उहाँले कास्कीका कुनै पनि क्याम्पसमा ने.वि.संघको समानान्तर प्यानल खडा नहुने दावी गर्दै त्यस्तो भएमा तत्काल कारबाही गर्ने बताउनुभयो । कार्यक्रममा कास्की काँग्रेसका सह–सचिव तथा विद्यार्थी विभाग प्रमुख मुकुन्द बाँस्तोलाले सकभर निर्वाचन अघिनै जिल्ला विवाद मिलाउने ठोकुवा गर्दै त्यसकै कारणले स्व.वि.यू. निर्वाचनमा असर पुग्न नदिने दावी गनुभयो ।
कार्यक्रममा बोल्दै तरुण दल कास्कीका अध्यक्ष ऋषी काफ्लेले ने.वि.संघ, व.वि.अ.सं इकाई नमुना भएको भन्दै जिल्लाले समेत यस इकाईबाट पाठ सिक्नुपर्ने बताउनुभयो । ने.वि.संघका केन्द्रिय सदस्य सरोज के.सी.ले स्व.वि.यू निर्वाचन मिनि संविधानसभाको निर्वाचन रहेकाले यो जीवन मरणको सवाल रहेको धारणा व्यक्त गर्नुभयो । साथै उहाँले निर्वाचनको लागि आवश्यक सम्पूर्ण कामकारबाही सुरु गर्न इकाईलाई निर्देशन दिनुभयो । ने.वि.संघका केन्द्रिय सदस्य गोबिन्द लामिछानेले उमेद्वार चयनको लागि इकाई स्वतन्त्र रहेको बताउदैँ कहिँ कसैबाट हस्तक्षप नहुने र हुन नदिने बताउनुभयो । कार्यक्रममा उप–प्राध्यापक द्वय सुमन भट्टराई र विष्णु देवकोटाले ने.वि.संघ, व.वि.अ.संको विगत र वर्तमानबारे चर्चा गर्नुभयो । कार्यक्रममा विद्यार्थी नेता देवकृष्ण पराजुलीले कास्की ने.वि. संघ एक हुन नसकेको यथार्थ स्विकार्दै त्यसबाट इकाईलाई कुनै असर पुग्न नदिने बताउनुभयो ।
निवर्तमान इकाई उप–सभापति निरज बाबु भट्टले स्व.वि.यू निर्वाचनको लागि केन्द्र र जिल्लाको रणनिति/कार्यनितिको माग गर्दै जिल्ला विवादलाई तत्काल सुल्झाएर सबै क्याम्पसमा निर्वाचन जित्ने वातावरण निर्माण गर्नतर्फ लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थी नेता रामचन्द्र पोखरेल, राजन श्रेष्ठ, धिरोजप्रसाद कोइराला, सरोज खड्का, महेश न्यौपाने लगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै इकाई सभापति नविन वि.क.ले व.वि.अ.सं.मा ने.वि.संघको जित सुनिश्चित रहेको दावी गर्दै केन्द्र र जिल्लाको उचित सहयोगको लागि अनुरोध गनुभयो ।
दुई–दुई वर्षमा हुनुपर्ने स्व.वि.यू. निर्वाचन विगत ४ वर्षदखी हुन सकिरहेको छैन । पछिल्लोपटक २०६५ चैत्र महिनामा सम्पन्न निर्वाचनमा व.वि.अ.सं मा ने.वि.संघले एमाले अखिल र अखिल क्रान्तिकारीको संयुक्त प्यानललाई पराजित गरि विजय हासिल गरेको थियो ।
No comments:
Post a Comment