Friday, May 31, 2013

२५ बुँदे मागपत्र

 २०६९ चैत्र १९ गते शैक्षिक मुद्धाहरु सहित क्याम्पस प्रमुख समक्ष ने. वि. संघ ले बुझाएको २५ बुँदे  मागपत्र

श्रीमान् क्याम्पस प्रमुख ज्यू,  
.वि..सं., पोखरा क्याम्पस, पोखरा                                                                                              

                                                                  विषय : ज्ञापन पत्र सम्बन्धमा
 
महोदय,
      
सम्पूर्ण लोकतन्त्रवादी विद्यार्थीहरुलाई गोलबन्द गर्दै राष्ट्रियता, लोकतन्त्र, समाजवाद विद्यार्थी एकता को मुलमन्त्रलाई आत्मसाथ गर्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुको हकहित शैक्षिक गुणस्तर कायम गर्नका साथै वैज्ञानिक प्राविधिक शिक्षा प्राप्तिका लागि आफ्नो स्थापनाकालदेखि नै पहल गर्दै आइरहेको शैक्षिक विकृतिको विरुद्ध विभिन्न आन्दोलनहरुको अग्रमोर्चा सम्हाल्दै आइरहेको ने.वि. संघ,क्याम्पस इकाई समिति, .वि..सं., पोखरा क्याम्पस, पोखराले क्याम्पस प्रशासनसमक्ष विगतका दिनहरुमा पनि विद्यार्थी अधिकार सुनिश्चितताको निमित्त लिखीत मौखिक रुपमा आफ्ना विभिन्न मागहरु राख्दै आइरहेको हाम्रा मागहरुका सम्बन्धमा पटकपटक क्याम्पस प्रशासनसमक्ष संझौता गर्दै, सम्झौताका फेरिस्ताहरु तयार भए, तर  पनि त्यसको उचित कार्यान्ययनमा क्याम्पस प्रशासन लाचार बन्दै आइरहेको यस परिप्रेक्षमा क्याम्पसको शैक्षिक प्रशासनिक सुधारका निमित्त ने.वि. संघ तपसिल बमोजिमका आफ्ना जायज मागहरु प्रस्तुत गर्न चाहन्छ यस मागहरुप्रति क्याम्पस प्रशासनले वेवास्ता गरेमा त्यसका विरुद्ध हामी संघर्षको मैदानमा उत्रन बाध्य हुने जानकारी गराउँदै अबिलम्ब मागहरु पुरा गर्न जोडदार माग गर्दछौँ

हाम्रा मागहरुः
(क) तत्काल पुरा गर्नुपर्ने मागहरुः


१) कक्षा नियमित रुपले संचालन नभएको, साथै प्रयोगात्मक कक्षा र भ्हअगचकष्यल विरलै हुने गरेकाले सम्पुर्ण कक्षा नियमित गराउनुपर्ने । कक्षा संचालन, परीक्षा, नतिजा प्रकाशन, शैक्षिक भ्रमण समयमानै हुनेगरी शैक्षिक क्यालेन्डर सर्वसम्मतिको आधारमा बनाई प्रभावकारी रुपमा लागु गर्नुपर्ने ।
२) नयाँ विषय थप गर्ने र प्रयोगात्मक पक्षलाई प्रभावकारी बनाउने गरी कम्तिमा १२० क्रेडिट आवर  को समयसापेक्ष नयाँ पाठ्यक्रम तुरुन्त लागु गर्नेतर्फ पहल गर्नुपर्ने । साथै GIS को प्रयोग अत्यावश्यक भैसकेकाले GIS लाई अनिवार्य विषय बनाउनेतर्फ पहल गर्नुपर्ने र GIS पढ्ने विद्यार्थीबाट थप शुल्क लिने व्यवस्था खारेज गर्नुपर्ने । साथै गिस ल्यावको उचित व्यवस्थापन गर्नुपर्ने ।
३) विभिन्न शिर्षकमा भर्ना शुल्क बढाउने काम भएकाले उक्त निर्णय तुरुन्त सच्याउनुपर्ने । साथै विद्यार्थी प्रमाणित गर्दाको सिफारिसपत्र बनाउँदा समेत शुल्क लिने गरिएको पाइएकाले विद्यार्थीलाई आवश्यक सिफारिसपत्र बनाउँदा शुल्क लिने व्यवस्था हटाउनुपर्ने ।
) विद्यार्थीहरुको लागि कक्षाकोठाको अभाव देखिएको दुई समुहमा पढाउनुपर्नेमा एउटै कक्षा प्रयोग भइरहेको पाइएकाले तुरुन्त पर्याप्त कक्षाकोठा को व्यवस्था गर्नुपर्ने साथै सम्पुर्ण कक्षाकोठालाई तुरुन्त कार्पेटिङ का साथै भौतिक पुर्वाधार ( फर्निचर, पंखा, बत्ति) को मर्मत आवश्यकताअनुरुप थप गनुपर्ने सम्पुर्ण कक्षाकोठामा LCD प्रोजेक्टओर को व्यवस्था गर्नुपर्ने
) पुस्तकालयमा नयाँ संस्करणका पुस्तकका साथै पुस्तकको मात्रा थप्नुपर्ने साथै स्थानिय पत्रिका फरेष्ट्रि सम्बन्धीत राष्ट्रियअन्तर्राष्ट्रिय म्यागेजिन को मात्रा बढाउनुपर्ने साथै Practical Lab मा आवश्यक सामान थप्नुपर्ने Lab बाट विद्यार्थीलाई विनाकुनै शुल्क विनाकुनै झन्झट सामान उपलब्ध गराउनुपर्ने
) नयाँ विद्यार्थीहरुले हास्टेल प्रयोग गर्न थालेको लामो समय भैसक्दा पनि पर्दा कार्पेटिङको कार्य सुरु नभएकाले तुरुन्त उक्त कार्य अगाडि बढाउनुपर्ने साथै होस्टेलमा रहेको भौतिक पुर्वाधार (युरोगार्ड, फर्निचर, पंखा, बत्ति) को मर्मत संभार होस्टेलको नियमित सरसफाई गर्ने व्यवस्था मिलाउनुपर्ने महिला छात्रावासमा फर्निचरको अभाव देखिएकाले तुरुन्त व्यवस्था गर्नुपर्ने
) क्याम्पस प्राङ्गणका रुखहरु काट्ने तर रोप्ने काम नभएकाले यथाशिघ्र वृक्षारोपणको काम अगाडि बढाउनुपर्ने साथै उचित व्यवस्थापन सहित Hi-Tech नर्सरीको व्यवस्था गर्नुपर्ने
) क्याम्पस प्राङ्गणमा रहेका सडक बत्तिहरुको मर्मत, अडिटोरियम हलका भौतिक पुर्वाधार (कुर्ची, पंखा, बत्ति) को मर्मत संभार आवश्यकताअनुसार थप गर्नुपर्ने साथै क्याफ्टेरियाको रंगरोदन सरसफाईतर्फ ध्यान दिनुपर्ने मेस संचालन समितिको बैठक नियमित गराउनुपर्ने
) क्यापिटेशनको रकम किस्ताबन्दीमा तेस्रो वर्षभित्र तिरीसक्नेगरी व्यवस्था गर्नुपर्ने
१०) लामो प्रयासपछि होस्टेलमा इन्टरनेटको व्यवस्था भएता पनि निशुल्क व्यवस्था हुनुनसकेकाले इन्टरनेटलाई निशुल्क व्यवस्था गर्नेतर्फ पहल गनुपर्ने  

(ख) पुरा गरिदै लगिनुपर्ने मागहरुः

११) श्ौक्षिक सुधार समितिको बैठक नियमित नभएकाले विद्यार्थी प्रतिनिधि सहितको उक्त समितिको बैठक नियमित गरी शैक्षिक सुधारका काम अगाडि बढाउनुपर्ने । साथै क्याम्पसमा देखिरहने कर्मचारी ढिलासुस्ती र प्राध्यापकहरुको अनुपस्थितिको अनुगमन गरी शैक्षिक र प्रशासनिक कामकारबाहीलाई चुस्त राख्नुपर्ने ।
१२) विद्यार्थीको क्षमता विकासको लागि विभिन्न तालिम,सेमिनारहरु का साथै खेलकुद र अतिरिक्त क्रियाकलापका गतिविधिहरु संचालन गर्नुपर्ने ।
१३) क्याम्पसका महत्वपूर्ण निर्णयहरुमा विद्यार्थी पक्षलाई वेवास्ता गरी स्वेच्छाचारी ढङ्गले निर्णय गर्ने परिपाटी निर्माण हुन थालेकाले त्यस्ता निर्णयहरु गर्नुपुर्व स्व.वि.यु. र विद्यार्थी संगठनहरुसँग छलफल गर्नुपर्ने । साथै क्याम्पस र प्रोजेक्ट का विभिन्न बैठकहरुमा विद्यार्थी प्रतिनिधिको रुपमा स्व.वि.यु.प्रतिनिधिलाई सहभागी गराउनुपर्ने ।
१४) क्याम्पसमा छुट्टै रिसर्च विभागको व्यवस्था गनुपर्ने र स्नातक तह चौथो वर्षका विद्यार्थीहरुलाई रिसर्च को लागि आवश्यक Fund उपलब्ध गराउनेतर्फ कार्बाहि अगाडि बढाउनुपर्ने । 
१५) वनपाले डाँडा शान्ति वन वाटीकामा Research and Demonstration Plot  निर्माण गर्नुपर्ने
१६) छात्रवृत्ति समयमानै उपलब्ध गराउनुपर्ने समयानुकुल छात्रवृत्ति रकम बढाउनुपर्ने
१७) स्नातोकत्तर को भर्ना नियमित नभइरहेकोले भर्ना नियमित गर्नुपर्ने थप विषय थप्नेतर्फ पहल गर्नुपर्ने
१८) Student Exchange Program को लागि आवश्यक पहल गर्नुपर्ने
१९) वन विज्ञान शिक्षाको विकासका लागि यस क्याम्पसलाई वन विश्वविद्यालयको रुपमा विकास गर्नको लागि पहल गर्नुपर्ने
२०) हाल अध्ययन संस्थानको नाममा डिन कार्यालयको मात्र वेवसाइट रहेको त्यो पनि नियमित Update नभएको अवस्थामा, त्यसको Update का साथै क्याम्पसको छुट्टै वेवसाइट बनाउनुपर्ने स्नातक स्नातकोत्तर तहका विद्यार्थीहरुको Thesis राख्ने व्यवस्था गर्नुपर्ने
२१) क्याम्पसको आर्थिक गतिविधिको पारदर्शीताको लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्नुपर्ने
२२) Metorological Station को स्थापनार्थ पहल गर्नुपर्ने
२३) पुस्तकालयलाई Online Library को रुपमा विकास गर्नेतर्फ पहल गर्नुपर्ने
२४) सुरक्षा व्यवस्था राम्रो बनाई क्याम्पसमा अनुमतिबेगर अनाधिकृत व्यक्तिको प्रवेशमा पुर्ण रोक लगाउनुपर्ने
२५) खेलकुद मैदान (फुटबल मैदान, बास्केटबल कोर्ट, भलिबल कोर्ट, टेवलटेनिस बोर्ड आदीको उचित मर्मत संभारसहित व्यवस्थापन गर्नुपर्ने  

        
उल्लेखित हाम्रा मागहरुप्रति ऐक्यवद्धतका लागि सम्पुर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी एवं समस्त शुभचिन्तकहरुप्रति हार्दिक अनुरोध गर्दछौँ

                          
जय नेपाल !
                                                                                         
(महेश न्यौपाने)                                    (नविन वि..)

  
सचिव                                            सभापति







Tuesday, May 14, 2013

सुरु भयो चुनावी चहलपहल


एन बी सफल
पोखरा / बैशाख ३०


                 ने.वि.संघ, व.वि.अ.सं, पोखराले आसन्न स्व.वि.यू निर्वाचनको तयारी सुरु गरेको छ । यही जेठ २३ गते हुने निर्वाचनको तयारीको क्रममा आज क्याम्पस हाताभित्र एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेपाल तरुण दल र ने.वि.संघका नेता कार्यकर्ताबीच उक्त अन्तक्र्रिया कार्यक्रम भएको हो । इकाई सभापति नविन वि.क.को सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्की काँग्रेसका सचिव युवराज कुँवरले इकाईलाई तत्काल निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै कास्की काँग्रेस हर प्रकारका सहयोगको लागि तयार भएको बताउनुभयो । साथै उहाँले कास्कीका कुनै पनि क्याम्पसमा ने.वि.संघको समानान्तर प्यानल खडा नहुने दावी गर्दै त्यस्तो भएमा तत्काल कारबाही गर्ने बताउनुभयो । कार्यक्रममा कास्की काँग्रेसका सह–सचिव तथा विद्यार्थी विभाग प्रमुख मुकुन्द बाँस्तोलाले सकभर निर्वाचन अघिनै जिल्ला विवाद मिलाउने ठोकुवा गर्दै त्यसकै कारणले स्व.वि.यू. निर्वाचनमा असर पुग्न नदिने दावी गनुभयो ।
                 कार्यक्रममा बोल्दै तरुण दल कास्कीका अध्यक्ष ऋषी काफ्लेले ने.वि.संघ, व.वि.अ.सं इकाई नमुना भएको भन्दै जिल्लाले समेत यस इकाईबाट पाठ सिक्नुपर्ने बताउनुभयो । ने.वि.संघका केन्द्रिय सदस्य सरोज के.सी.ले स्व.वि.यू निर्वाचन मिनि संविधानसभाको निर्वाचन रहेकाले यो जीवन मरणको सवाल रहेको धारणा व्यक्त गर्नुभयो । साथै उहाँले निर्वाचनको लागि आवश्यक सम्पूर्ण कामकारबाही सुरु गर्न इकाईलाई निर्देशन दिनुभयो । ने.वि.संघका केन्द्रिय सदस्य गोबिन्द लामिछानेले उमेद्वार चयनको लागि इकाई स्वतन्त्र रहेको बताउदैँ कहिँ कसैबाट हस्तक्षप नहुने र हुन नदिने बताउनुभयो । कार्यक्रममा उप–प्राध्यापक द्वय सुमन भट्टराई र विष्णु देवकोटाले ने.वि.संघ, व.वि.अ.संको विगत र वर्तमानबारे चर्चा गर्नुभयो । कार्यक्रममा विद्यार्थी नेता देवकृष्ण पराजुलीले कास्की ने.वि. संघ एक हुन नसकेको यथार्थ स्विकार्दै त्यसबाट इकाईलाई कुनै असर पुग्न नदिने बताउनुभयो ।
                   निवर्तमान इकाई उप–सभापति निरज बाबु भट्टले स्व.वि.यू निर्वाचनको लागि केन्द्र र जिल्लाको रणनिति/कार्यनितिको माग गर्दै जिल्ला विवादलाई तत्काल सुल्झाएर सबै क्याम्पसमा निर्वाचन जित्ने वातावरण निर्माण गर्नतर्फ लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थी नेता रामचन्द्र पोखरेल, राजन श्रेष्ठ, धिरोजप्रसाद कोइराला, सरोज खड्का, महेश न्यौपाने लगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै इकाई सभापति नविन वि.क.ले व.वि.अ.सं.मा ने.वि.संघको जित सुनिश्चित रहेको दावी गर्दै केन्द्र र जिल्लाको उचित सहयोगको लागि अनुरोध गनुभयो ।
              दुई–दुई वर्षमा हुनुपर्ने स्व.वि.यू. निर्वाचन विगत ४ वर्षदखी हुन सकिरहेको छैन । पछिल्लोपटक २०६५ चैत्र महिनामा सम्पन्न निर्वाचनमा व.वि.अ.सं मा ने.वि.संघले एमाले अखिल र अखिल क्रान्तिकारीको संयुक्त प्यानललाई पराजित गरि विजय हासिल गरेको थियो ।