
एन बी सफल
२०७० साउन ३१
त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानले शैक्षिक सत्र २०७०/७४ को लागि स्नातक तह प्रवेश परीक्षा असोज १२ गते गर्ने निर्णय गरेको छ । अघिल्ला वर्षहरुमा मंसीर/पुष महिनामा हुने गरेको प्रवेश परीक्षा यस वर्ष असोज महिनामै हुनेगरि कार्यतालिका बनेको बताइएको छ । निर्णयअनुसार स्नातक तहको प्रवेश परीक्षाका लागि भदौ ६ गतेदेखी ३१ गतेसम्म आवेदन फाराम भर्ने म्याद तोकीएको छ । त्रिवि अन्तर्गत वन विज्ञान विषयको अध्यापन पोखरा र हेटौँडामा हुने गरेको छ भने काठमाडौँमा निजि स्तरको एउटा कलेज छ । वन विज्ञानमा प्रमाणपत्र तह उतीर्ण गरेका र विज्ञान संकाय लिएर +2 उतीर्ण गरेकाहरुले स्नातक तहको लागि आवेदन दिन पाउनेछन् । वन विज्ञान संकायको स्नातक तहको लागि पोखरा क्याम्पस र हेटौडा क्याम्पसमा ८०/८० तथा काठमाडौ फरेष्ट्रि कलेजमा ४० ओटा सिटमा भर्ना लिने गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय र कृषी तथा वन विश्वविद्यालय बीचको विवादबीच गत वर्षदेखी कृषी तथा वन विश्वविद्यालयले पनि वन विज्ञान स्नातक तह सञ्चालन गर्न सुरु गरेको छ । यद्यपी कृषी तथा वन विश्वविद्यालयले भने यसवर्षको लागि आवेदन फारामको सुचना निकालीसकेको छैन ।
प्रकाशित मिति : २०७० साउन ३१
...................................................................................................
A COMPLETE GUIDE BOOK TO FORESTRY (Science Intake)
पुस्तक आवश्यक परेमा सम्पर्कः
९८५६०२४६८६
९८४६०२९१३२
९८४९०३१२५०
काठमाडौँ, पोखरा, हेटौडा र बुटवलमा उपलब्ध छ ।
९८५६०२४६८६
९८४६०२९१३२
९८४९०३१२५०
काठमाडौँ, पोखरा, हेटौडा र बुटवलमा उपलब्ध छ ।